नेपालमा कार्बन उत्सर्जन कटौतीका सम्बन्धमा रणनीतिक छलफल गर्न राष्ट्रिय परामर्श कार्यक्रम
ललितपुर । ऊर्जा, वातावरण र स्वस्थ खाना पकाउने प्रविधिसँग जोडिएको उन्नत प्रविधिको चुलो परियोजनाबारे विस्तृत बहस–छलफल ललितपुरस्थित होटल हिमालयमा आइतबार सम्पन्न भयो । कार्यक्रममा संघीय सरकारदेखि अन्तर्राष्ट्रिय संस्था, अनुसन्धान केन्द्र, गैरसरकारी संस्था तथा वातावरण विज्ञहरूसम्मको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना नेपाल ट्रेजर कार्बन प्रा.लि.ले गरेको थियो ।
ललितपुर । ऊर्जा, वातावरण र स्वस्थ खाना पकाउने प्रविधिसँग जोडिएको उन्नत प्रविधिको चुलो परियोजनाबारे विस्तृत बहस–छलफल ललितपुरस्थित होटल हिमालयमा आइतबार सम्पन्न भयो । कार्यक्रममा संघीय सरकारदेखि अन्तर्राष्ट्रिय संस्था, अनुसन्धान केन्द्र, गैरसरकारी संस्था तथा वातावरण विज्ञहरूसम्मको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना नेपाल ट्रेजर कार्बन प्रा.लि.ले गरेको थियो ।
कार्यक्रममा नेपाल ट्रेजर कार्बनका निर्देशक समीक्षा बरालले नेपालजस्ता विकासशील मुलुकले विश्वव्यापी कार्बन उत्सर्जनमा अत्यन्तै न्यून योगदान दिए पनि त्यसको प्रत्यक्ष प्रभाव सबैभन्दा पहिले भोग्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको बताइन् । परियोजनासम्बन्धी परामर्श एजेन्डा अघि बढाउनुअघि उनले नेपाल र बैदेशिक जलवायु प्रणालीबीचको वास्तविकता उजागर गर्दै विस्तृत धारणा राखिन् ।
बरालले आजको कार्यक्रमलाई परियोजनाको औपचारिक परामर्श–चरणको सुरुआतका रूपमा व्याख्या गर्दै भनिन् ‘आज हामी समग्र डिजाइन, प्रविधि, कार्यविधि र सुरक्षात्मक तत्वहरू सेयर गर्दैछौँ । तपाईंहरुको जिज्ञासा र सुझावको अपेक्षा पनि गर्दछौं ।’
कार्यक्रममा संस्थाका अन्तर्राष्ट्रिय अपरेसन निर्देशक स्टिभन फ्यानले भने, – ‘कम धुवाँ र कम दाउरामा खाना पकाउन सक्ने वातावरण बनाएर हामी वातावरण मात्र होइन, ग्रामीण महिलाको समय बचत, पारिवारिक खर्च घटाउने र बालबालिकाको स्वास्थ्य सुधार गर्दैछौं ।’ निर्देशक फ्यानले रुपन्देही र नवलपरासी, कपिलबस्तुका १७ वटा स्थानीय तहमा निःशुल्क सुधारिएको चुलो वितरण गर्ने योजना प्रस्तुत गर्दै यसको वातावरण तथा जनस्वास्थ्यमा हुने फाइदाबारे प्राविधिक प्रदर्शन समेत गरेका थिए । उनले कार्बन परियोजना बारेमा लामो प्रस्तुति दिएका थिए ।
यो परियोजनाले गोल्ड स्ट्यान्डर्डअन्तर्गत प्रमाणित कार्बन क्रेडिट उत्पादन गर्नेछ, जसबाट प्राप्त जलवायु वित्तले परियोजनालाई थप विस्तार र दीर्घकालीन अनुगमनमा सहयोग पुर्याउनेछ । आयोजकका अनुसार यो वर्षकै अन्त्यतिर केही जिल्लाबाट सुरु हुने चुलो वितरण अभियान केही वर्षभित्र दशौं हजार घरपरिवारसम्म पुग्ने पनि स्टिभन फ्यानलले दावी गरे ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष निकेश अधिकारीले उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारसँग समन्वय गरेर कानुन सम्मत अघि बढेको वताएका थिए । उनले प्राविधिक र कानुनी दुवै पाटोमा जिज्ञासुहरुलाई शान्त पारेका थिए । त्यसैगरी अन्तर्राष्ट्रिय अपरेसन निर्देशक स्टिभन फ्यानले समेत कार्यक्रममा उठेका जिज्ञासाहरुको समाधान बोलेका थिए ।
चार घण्टासम्म चलेको छलफलमा उठाइएका प्रश्न र प्राविधिक सुझावहरूले उन्नत चुलो परियोजनालाई अझ प्रभावकारी, सुरक्षित र दीर्घकालीन बनाउन सहयोग पुर्याउने आयोजक पक्षले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको जलबायु परिवर्तन महाशाखाका प्रतिनिधिहरु र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका प्रतिनिधिहरु लगायत अन्य सरोकारवाला निकायहरुसँग गत अगष्ट ८ मा पहिलो चरणको परामर्श कार्यक्रम सम्पन्न गरिसकेको नेपाल ट्रेजर कार्बनको यो दोस्रो चरणको कार्यक्रम हो ।
Gallery
Gallery Image 1
Gallery Image 2
Gallery Image 3